अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दशैं बिदामा पनि खुला रहने काठमाडौं जिल्ला अदालत

दशैं बिदामा पनि खुला रहने काठमाडौं जिल्ला अदालत


काठमाडौं-काठमाडौं जिल्ला अदालत दशैं बिदाको अवधिमा पनि खुला रहने भएको छ। अदालतले शुक्रबार सूचना जारी गर्दै असोज २५ देखि कात्तिक ८ गतेसम्म घटस्थापना, शनिबार, फूलपाती र विजयादशमीको टीकाको दिनबाहेक अन्य दिन सेवा प्रवाह गर्ने जनाएको हो।

अदालतका अनुसार बिदाका दिनमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत खुला रहनेछ। यस अवधिमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता, जरुरी पक्राउ पुर्जी समर्थन तथा सोही क्रममा उपस्थित अभियुक्तको म्याद थपलगायत सेवा उपलब्ध हुनेछन्।

त्यस्तै, कल डिटेल्स (सीडीआर) का लागि अनुमति प्रदान गर्ने, पक्राउ अनुमति जारी गर्ने तथा धरौटी दाखिला गर्न नसकी थुनामा पठाइएका प्रतिवादीले धरौटी रकम दाखिला गर्न ल्याएमा बुझिलिने व्यवस्था पनि गरिएको अदालतले जनाएको छ।

फैसलाबमोजिम ठहर भएको जरिवाना रकम तिरेर छुट्न पाउने प्रतिवादीबाट जरिवाना रकम बुझिलिने सेवा पनि दशैं बिदामा उपलब्ध हुनेछ।

अदालतले बिदाको अवधिमा पनि अत्यावश्यक न्यायिक सेवा निरन्तर सञ्चालन गर्ने व्यवस्था मिलाएको जनाएको छ।