अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेयर कप क्रिकेट खेल तालिका सार्वजनिक, पहिलो खेलमा आर्मी र पुलिसले खेल्ने

मेयर कप क्रिकेट खेल तालिका सार्वजनिक, पहिलो खेलमा आर्मी र पुलिसले खेल्ने


काठमाडौं- काठमाडौंमा यही फागुन २२ गतेदेखि सुरु हुन लागेको काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ । पाँच टोली सहभागी प्रतियोगिताको लिग चरणमा सबै टोलीले चारचार म्याच खेल्ने छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको तालिका बमोजिम फागुन २२ गते शनिबार पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल सशस्त्र प्रहरी बल (एपीएफ)सँग प्रतिस्पर्धा गर्नेछ । दुबै टोली प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा गत् माघ महिनामा स्पर्धा गरेको थियो ।

उक्त खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा खेलाइनेछ । शनिबार नै हुने दोस्रो खेलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशको सामना गर्नेछ ।

प्रतियोगिताको खेल तालिका बमोजिम त्रिवि क्रिकेट ग्राउन्डमा फाइनल अतिरिक्त छ वटा खेल हुनेछ । लिग चरणमै मूलपानी क्रिकेट ग्राउन्डमा चार वटा म्याच खेलाइनेछ ।

लिग चरणमा उत्कृष्ट हुने दुई टोलिबीच फागुन २९ गते शनिबार त्रिवि क्रिकेट ग्राउन्डमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।