अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस नेता जोशीको स्वास्थ्यमा सुधार

कांग्रेस नेता जोशीको स्वास्थ्यमा सुधार


काठमाडौं- मष्तिष्कघात भएर थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्यमा सुधारमा आएको छ ।

उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाका अनुसार नेता जोशीको अवस्थामा सुधार भएपछि सोमबार बिहानबाट भेन्टिलेटरको फूल सपोर्ट हटाई भेन्टिलेटरको सपोर्ट लगातार कम गर्न थालिएको छ ।

उनले भने, ‘सोमबार बिहानदेखि उहाँले आफैंले सास फेरिरहनुभएको छ । मेसिनले सास फेराउनु परेको छैन । उहाँको रक्तचाप पनि निकै कम थियो, औषधिको प्रयोगबाट त्यो नर्मलभन्दा पनि राम्रोतर्फ गइरहेको छ ।’