अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वोच्चको फैसलाले प्रचण्ड-माधव समूह संकटमा : महेश बस्नेत

सर्वोच्चको फैसलाले प्रचण्ड-माधव समूह संकटमा : महेश बस्नेत


काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय कमिटी सदस्य महेश बस्नेतले प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले प्रचण्ड-माधव पक्ष संकटमा परेको बताउनु भएको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक अन्तरक्रियामा नेता बस्नेतले सर्वोच्च आदालतको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्युत गर्न चाहने प्रचण्ड-माधव पक्षलाई नै संकट परेको बताउनुभएको हो । उहाँले प्रचण्ड-माधव समूह प्रधानमन्त्री ओलीविरुद्ध दर्ता गरेको अविश्वास प्रस्ताव पनि फिर्ता लिनुपर्ने अवस्थामा पुगेको बताउनुभयो ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई संकट हुन्छ भनेर अनुमान गरिएको फैसलाले संकट उहाँलाई होइन, संकटचाहिँ प्रधानमन्त्रीलाई पदच्युत गर्न चाहाने प्रचण्ड कमरेड र माधव कमरेडहरूको टिमलाई नै परेको जस्तो देख्छु । किनभने उहाँहरूसँग फ्रन्ट गियर भन्दापनि ब्याक गियर लगाउनुपर्ने स्थिति हो,’ नेता बस्नेतले भन्नुभयो, ‘पुस ५ गते उहाँहरूले हठात प्रस्तुत गर्नुभएको अविश्वासको प्रस्ताव जसमा पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको रूपमा अगाडि सारिएको थियो । त्यो हिजोको बैठकबाट उहाँ ब्याक हुनुभएको, फिर्ता हुनुभएको एउटा अवस्था छ । अब भोलिका दिनमा परिस्थितिउहाँहरूको निमित्त झन असहजातर्फ गइरहेको छ ।’