अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनार्दन शर्मा एकाएक ओलीप्रति नरम भएपछि…

जनार्दन शर्मा एकाएक ओलीप्रति नरम भएपछि…


काठमाडौं– प्रचण्ड-माधव पक्षका नेताहरु पार्टी एकताभन्दा टाढा गइरहेकाबेला प्रभावशाली नेता जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति नरम भाव देखाउनुभएको छ ।

शर्माले सचिवालय सदस्य बाहेकका सांसदहरुलाई स्वतन्त्र ढंगले छलफलमा बस्न अपील गर्नुभएको छ । शर्माले बुधबार फेसबुकमार्फत आफ्नो धारणा अघि सार्दै पार्टी, आन्दोलन र जनताको पक्षमा के गर्दा हुन्छ भन्नेबारे स्वतन्त्ररुपले छलफल गर्न सांसदहरुमा अपील गर्नुभयो । उहाँले यस्तो छलफल कुनै प क्ष वा नेतृत्वको पक्ष विपक्षमा नहुने समेत प्रष्ट पार्नुभयो ।

‘सचिवालय सदस्यहरु बाहकका सांसदहरुले एउटा छलफल गरि आवश्यक निष्कर्षका लागि पहल गर्ने कुराको महरि स्वतन्त्र रुपमा छलफल गर्न माननीयहरुमा हार्दिक अपील गर्दछु । यो छलफल कुनै हस्ताक्षर र यो वा त्यो नेतृत्वको पक्षमा नभएर हाम्रो साझा सुझाव तयार गर्न अर्थमा भएको समेत जानकारी गराउँछु । कुनै त्रास र कुनै प्रलोभनमा नपरी छलफल गरिनेछ,’ उहाँको भनाइ छ ।

शर्माले पार्टी विभाजनअघि देखिनै नेकपाको सचिवालय नै पार्टी बिग्रिने कारण भएको भन्दै सचिवालय भंगको माग गर्दै आउनुभएको थियो ।