अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आलमलाई छुटाउन प्रयासरत छु : सभापति देउवा

आलमलाई छुटाउन प्रयासरत छु : सभापति देउवा


बारा- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमको मुद्दा अहिले अदालती प्रक्रियामा रहेकाले प्रक्रियाबाटै उहाँलाई छुटाउन आफू प्रयासरत रहेको बताउनुभएको छ ।

गढीमाई नगरपालिकाद्वारा गढीमाई नगरपालिका-६ सिंगारमनमा आयोजित विष्णु महायज्ञको उद्घाटन गर्न आज यहाँ आउनुुभएका पूर्वप्रधानमन्त्री देउवाले इँटाभट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा कारागारमा रहेका निलम्बित सांसद आलमलाई रिहा गराउन आफूले पहल गरिरहेको जानकारी दिनुभयो ।

अर्को प्रसङ्गमा उहाँले देशबाट अहिले कोरोना पूर्णरुपमा समाप्त नभएकाले विज्ञको सल्लाहअनुसार अनिवार्य मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम राख्न सबैलाई आग्रह गर्नुभयो ।

पूर्वप्रधानमन्त्री देउवालाई नगर प्रमुख श्यामबाबु यादवलगायतले स्वागत गर्नुभएको थियो । महायज्ञ एक सातासम्म चल्ने जनाइएको छ ।