अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विप्लव समूहसँग दोस्रो चरणमा वार्ता, दुवै पक्ष समान धारणा नजिक

विप्लव समूहसँग दोस्रो चरणमा वार्ता, दुवै पक्ष समान धारणा नजिक


काठमाडौं- सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग आज नै दोस्रो चरणको वार्ता सम्पन्न गरेको छ ।

सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईका अनुसार दोस्रो चरणमा पनि विषय केन्द्रित वार्ता भएको हो । उहाँले दुवै पक्ष समान धारणा नजिक पुगेको जानकारी दिनुभएको छ ।

‘वार्ता विषय केन्द्रित रह्यो । दुबै पक्ष समान धारणानजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ,’ वार्ता टोलीका सदस्य भट्टराईले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

बुधबार बिहान नै सरकारी वार्ता टोलीले बालुवाटारमा विप्लव समूहसँग पहिलो चरणको वार्ता गरेको थियो ।

गृहमन्त्री रामबहादुर थापा (बादल)को नेतृत्वमा रहेको सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर भट्टराई सदस्य रहनुभएको छ ।

विप्लव समूहको नेकपाले प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) संयोजकत्वमा उदयबहादुर चलाउने (दीपक) सदस्य रहनुभएको दुई सदस्यीय वार्ता टोली बनाएको छ ।