अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एलपीएल : हिमालय ह्वाइट हाउसको लगातार दोस्रो जित

एलपीएल : हिमालय ह्वाइट हाउसको लगातार दोस्रो जित


कैलाली- धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा काठमाडौंको हिमालय ह्वाइट हाउसले धनगढीको शारदा विद्या निकेतनलाई पराजित गरेको छ ।

हिमालय ह्वाइट हाउसले शारदा विद्या निकेतनलाई ३५ रनले पराजित गरेको हो । दुई खेलमा दोस्रो जीत निकालेको हिमालय ह्वाइट हाउस प्रतियोगिताको सेमिफाइनल नजिक पुगेको छ ।

टस जितेर ब्याटिङ पहिले गरेको ह्वाइट हाउसले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १ सय ९२ रन बनायो । उसका लागि दीपक बोहराले ९३ र सुदीप बस्नेतले २३ रन बनाउनुभयो । शारदाका अरुण धामीले दुई तथा नागराज सिंह र दीपक रोकायाले एक/एक विकेट लिनुभयो ।

दोस्रो इनिङ्समा जवाफी ब्याटिङ गरेको शारदाले २० ओभरमा नौ विकेट गुमाउँदै १ सय ५७ रन मात्रै बनाउन सक्यो ।

शारदाका लागि दिनेश ओडले ९० र अर्जुन साउँदले २३ रन बनाउनुभयो । ह्वाइट हाउसको जीतमा सन्दीपजङ्ग शाहीले चार र रजत तिमिल्सिनाले दुई विकेट लिनुभयो ।

आजै भएको अर्को खेलमा कैलालीको बाल बाटिकाले बुटवलको न्यू एकेडेमीलाई छ विकेटले पराजित गर्‍यो । टस जितेर पहिले ब्याटिङ गरेको न्यू एकेडेमीले १९ ओभर तीन बलमा सबै विकेट गुमाउँदै १ सय ११ रन जोडेको थियो ।