अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीद्वारा सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास

प्रधानमन्त्रीद्वारा सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास


सिन्धुली- प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गर्नुभएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिकाको कुसुमटारमा आयोजनाको बिहीबार एक कार्यक्रमबीच प्रधानमन्त्री ओलीले शिलान्यास गर्नुभएको हो ।

आर्थिक वर्ष ०७७/७८ का लागि सरकारले सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका लागि दुई अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

राष्ट्रिय गौरवको यो आयोजना मुख्यरूपमा सिँचाइमा केन्द्रित छ । पानी डाइभर्सन गर्दा बिजुली पनि उत्पादन हुने भएकाले यसलाई बहुउद्देश्यीय आयोजना भनिएको हो ।

यो आयोजनालाई २ नम्बर प्रदेशको कृषि क्षेत्र सुधारको अभियानको रूपमा व्याख्या गरिँदै आएको छ । बागमती प्रदेशको जलस्रोतलाई प्रदेश २ मा पुर्‍याएर कृषि उत्पादन बढाउन आयोजना फलदायी हुने सरकारको दाबी छ ।