अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पोखरेल र भुसालबीच छलफल, के भयो कुराकानी ?

पोखरेल र भुसालबीच छलफल, के भयो कुराकानी ?


काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र प्रचण्ड-माधव पक्षका नेता घनश्याम भुसालबीच बिहीबार छलफल भएको छ।

नेकपाका दुई पक्षबीच एकअर्कालाई कारवाही गर्ने क्रम चलिरहेका बेला बिहीबार दिउँसो पोखरेल र भुसालबीच सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफल भएको हो । भुसालले आफूहरू दुवै जना पार्टी एकताका पक्षमा रहेको र पहिलेदेखि कुराकानी गरिरहेको बताउनुभयो ।

‘एकता गर्नपर्छ, मिल्नुपर्छ भन्नेमा हामी दुबै एकमत छौं । यसअघि पनि छलफल र भेटघाट भइरहन्थ्यो। आजको छलफल त्यसैको श्रृंखला हो,’ भुसालले भन्नुभयो, ‘नेताहरूबीच दूरी साँघुरिएको छैन तर राजनीतिमा असम्भव भन्ने कुरा छैन ।’ दुई नेताबीच झण्डै ४५ मिनेट कुराकानी भएको बताइएको छ ।

पार्टी जुटाउने अन्तिम कसरत रुपमा छलफललाई अगाडि बढाइएको बुझिएको छ । नेकपा एकताको पक्षमा पोखरेल र भुसालबाहेक वामदेव गौतम, विष्णु पौडेल, वर्षमान पुन, योगेश भट्टराईलगायतका नेताहरूसमेत निरन्तर रूपमा लागिरहनु भएको छ ।