अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तीन बुँदे सहमति पालना गर्न प्रतिबद्ध छौँ : विप्लव

तीन बुँदे सहमति पालना गर्न प्रतिबद्ध छौँ : विप्लव


काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सरकारसँग भएको तीन बुँदे सहमति पालना गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभएको छ ।

आज सरकारसँग भएको तीन बुँदे सहमति हस्ताक्षर समारोहमा बोल्नुहुँदै उहाँले तीन बुँदेमा आफू नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रतिबन्ध रहेको बताउनु भएको हो ।

‘हामी दृढतापूर्वक भन्छौँ, कोहीबाट पनि आशंका वा विभिन्न ढंकबाट यसलाई उत्तेजनात्मक वा अर्को ढंकले कुर्तक गर्नु जरुरी छैन,’ विप्लवले भन्नुभयो, ‘हामी सहमतिप्रति प्रतिबद्ध छौँ, पलाना गर्नेछौँ ।’

साथै, उहाँले आजको दिन नेपाली राजनीतिक आन्दोलनको नयाँ दिनका रुपमा अंकित भएको बताउनुभयो ।

महासचिव विप्लवले नेपाली राजनीतिक आन्दोलनको नयाँ दिन सफल पार्न तीन बुँदे सहमतिपत्र सफलतापूर्वक तयार पार्ने र वार्ता सफल बनाएका वार्ता टोलीका सदस्यलाई बधाईसमेत दिनुभयो ।

सरकासँगको सहमतिभित्र नेपाललाई सुन्दर बनाउने सपना रहेको उहाँले बताउनुभयो । ‘दिगो शान्ति, स्थिरता, समृद्धिको आकांक्षा र युवामा हुर्किएको समृद्ध जीवनको चाहना छ,’ विप्लवले भन्नुभयो ।