अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज १२० संक्रमित थपिँदा ८३ जना कोरोनामुक्त

आज १२० संक्रमित थपिँदा ८३ जना कोरोनामुक्त


काठमाडौं- गत २४ घण्टामा नेपालमा कोरोना भाइरसका १२० जना सङ्क्रमित थपिएका छन् । ६ हजार १४३ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १२० जनामा सङ्क्रमण ष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७४ हजार ६०८ पुगेको जनाएको छ ।

थपिएका सङ्क्रमितमध्ये ५१ महिला र ६९ पुरुष छन् । पछिल्लो चौबीस घण्टामा ८३ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७० हजार ७६६ जना सङ्क्रमित निको भएका हुन् ।

सङ्क्रमित निको हुने दर ९८.६ प्रतिशत पुगेको छ । हालसम्म २१ लाख ८५ हजार १९० जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हाल ८३२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । ५८ जना क्वारेन्टिनमा छन् । पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाभाइरसको सङ्क्रमणबाट तीन हजार १० जनाको मृत्यु भएको छ ।