अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘शिवप्रसाद सिवाकोटी : झापा विद्रोहका एक कमाण्डर’ संस्मरण संग्रह लोकापर्ण

‘शिवप्रसाद सिवाकोटी : झापा विद्रोहका एक कमाण्डर’ संस्मरण संग्रह लोकापर्ण


झापा- ‘शिवप्रसाद सिवाकोटी झापा विद्रोहका एक कमाण्डर’ संस्मरण संग्रह लोकापर्ण गरिएको छ । सो संस्मरण संग्रह ४८औँ सुखानी सहिद स्मृति दिवसको अवसरमा शुक्रबार झापाको अर्जुनधारामा प्रदेश १ का सोमनाथ अधिकारी ‘प्यासी’ले लोकापर्ण गर्नुभएको हो ।

पुस्तक लोकापर्ण गर्नुहुँदै उहाँले झापा विद्रोह नेपालको राजीनितक इतिहासमा कोशेढुंगा सावित भएको बताउनुभयो । प्रदेश प्रमुख अधिकारीले झापा विद्रोहकै बलमा नेपालको राजनीतिमा विभिन्न उपलब्धि हासिल गर्न सहज भएको बताउनुभयो ।

साथै, उहाँले झापा आन्दोलनको सुरुवातकर्ता नै नेतृत्वमा रहनुभएकाले यो आन्दोलनको लक्ष्य पूरा भएको समेत बताउनुभयो ।

त्यस्तै, उहाँले झापा आन्दोलनका कमाण्डर शिवप्रसाद सिवाकोटीको पुस्तक लोकापर्ण गर्न पाउँदा खुसी लागेको बताउनुभयो । प्रदेश प्रमुख अधिकारीले उहाँको बारेमा पुस्तक प्रकाशन गर्ने कार्य प्रशंसनीय रहेको बताउनुभयो । प्रदेश प्रमुख अधिकारीले यस्तै प्रकारका पुस्तक अझै लेखिनुपर्नेमा समेत जोड दिनुभयो ।

कार्यक्रममा प्रदेश १ का कानुनमन्त्री हिक्मतकुमार कार्कीले देशको समसामययिक राजनीतिक परिस्थितिको बारेमा बोल्नुहुँदै झापा विद्रोहको विरासतलाई जोगाउन नेकपा एक नुकोको विकल्प नरहेको बताउनुभयो ।

त्यस्तै, शिवप्रसाद कृश्णादेवी युवा फाउण्डेशनका सचिव युवराज शर्मा सिवाकोटीले आफ्नो पिताको कर्मथलोमा विभिन्न क्षेत्रमा लगानी गर्ने योजना रहेको बताउनुभयो । उहाँले पिताको कर्मथलो झापामा कृषि, शिक्षा, प्रविधिलगायतका क्षेत्रमा आफूले लगानी गर्ने योजना रहेको बताउनुभयो ।

४८औँ सुखानी दिवस तथा पुस्तक लोकापर्ण कार्यक्रमको अवसरमा झापा विद्रोहका केही योद्धाहरूलाई सम्मानसमेत गरिएको छ ।

कार्यक्रममा सानुदर्गा अधिकारी, मनकुमार गौतम, अमर कार्कीलगायत दर्जनौँ योद्धाहरूलाई सम्मान गरिएको हो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना पठाउनुभएको थियो । उहाँको शुभकामना कार्यक्रममा पढेर सुनाइएको थियो । प्रधानमन्त्री ओली नै कार्यक्रममा सहभागी हुनुहुने तालिका भए पनि कार्यव्यस्तताले गर्दा उहाँको पूर्वनिर्धारित झापा कार्यक्रम स्थगित गरिएको थियो ।

त्यस्तै, कार्यक्रममा पुस्तकको विषयमा सम्पादक एवं कतारका लागि नेपाली राजदूत नारद भारद्वाजले स्पष्ट पार्नुभएको थियो । कार्यक्रमको अध्यक्षता सुखानी प्रतिष्ठानका अध्यक्ष देवराज घिमिरेले गर्नुभएको थियो । कार्यक्रम सुखानी सहिद स्मृति प्रतिष्ठान तथा शिवप्रसाद कृश्णादेवी युवा फाउण्डेशनद्वारा आयोजना गरिएको हो ।