अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद सचिवालयद्वारा प्रचण्ड-नेपालको निर्णय दर्ता

संसद सचिवालयद्वारा प्रचण्ड-नेपालको निर्णय दर्ता


काठमाडौं- नेकपा प्रचण्ड-नेपाल समूहले संसदीय दलले गरेको निर्णय संसदीय दलले दर्ता गरेको छ । निर्णयका बारेमा जानकारी औपचारिकरूपमा गराउन संसद् सचिवालयका महासचिव भरत गौतमको कार्यकक्षमा पुगे पनि संसद् सचिवालयले यसअघि दर्ता गर्न अस्वीकार गरेको थियो ।

लामो समयदेखि नेकपाका शीर्ष नेता र महासचिवसहित संसद् सचिवालयका कर्मचारीबीच विवाद भएपछि अन्ततः दाहाल–नेपालको निर्णय दर्ता भएको हो ।

संसदीय दलको निर्णय दर्ता हुनुअघि सचिवालयका महासचिव र सांसदहरूबीच चर्काचर्की समेत भएको थियो ।