अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित


काठमाडौं- पुनर्स्थापित प्रतिनिधिसभाको बैठक फागुन २६ गतेसम्मका लागि स्थगित भएको छ । करिब ४५ मिनेट बैठक सञ्चालनपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले विरोध जनाएपछि सभामुख अग्नि प्रसाद सापकोटाले बैठक स्थगित गर्नुभएको हो ।

कांग्रेस र जनता समाजवादी पार्टीले नारावाजी गर्दै संसद् बैठक अवरुद्ध गरेपछि सभामुख सापकोटाले बैठक १० मिनेटका लागि स्थगित भएको थियो । त्यसपछि बैठक नबसेर फागुन २६ गतेसम्मका लागि स्थगित गरिएको हो । बैठक फागुन २६ गते बुधबार १ बजे बस्नेछ ।

आजको बैठकका नेकपा प्रचण्ड-नेपाल समूहका सांसदले संसद बैठक बहिष्कार गरेका थिए । संसदको पहिलो बैठकमा शोक प्रस्ताव मात्रै कार्यसूचीमा राख्नुपर्नेमा अध्यादेश पेस गरिएको भन्दै उनीहरूले संसद बैठक बहिष्कार गरेका हुन् ।

त्यसपछि अध्यादेशबाट मुलुकलाई नियन्त्रण गर्न खोजेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले विरोध जनाए ।