अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्मलाका हत्यारालाई छिट्टै कानूनी दायरामा ल्याउँछौँ : डीआईजी सुवेदी

निर्मलाका हत्यारालाई छिट्टै कानूनी दायरामा ल्याउँछौँ : डीआईजी सुवेदी


बाजुरा- सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले निर्मला पन्तका हत्यारा अनुसन्धानपछि छिट्टै कानूनीमा दायरमा ल्याइने बताउनुभएको छ ।

समुदायसँग प्रहरी साझेदारी कार्यक्रमको सरोकारवाला निकायसँगको अन्तरक्रिया कार्यक्रममा बालिका पन्तको बलात्कारपछि हत्याको पत्ता नलाग्नु स्थानीयवासीले नै अनुसन्धानमा सहयोग नगरेकाले अपराधीलाई कानूनी दायरामा ल्याउन नसकिएको बताउनुभयो ।

बैतडीकी १७ वर्षीया बालिका भागरथी भट्टको स्थानीय जनप्रतिनिधि, राजनीतिक दल र आफन्तको सहयोगले अपराधी पक्राउ गर्न प्रहरी सफल भएको प्रदेश प्रहरी प्रमुख सुवेदीले बताउनुभयो ।

पछिल्लो समयमा अपराधिक क्रियाकलाप बढ्दै गएकाले न्यूनीकरणका लागि स्थानीयस्तरका समुदाय र पीडित पक्षको सहयोग आवश्यक रहेको प्रदेश प्रमुख सुवेदीको भनाइ छ । बलात्कार, हत्या र अन्य हिंसा घटना १६ वर्षदेखि २५ वर्षका बालबालिका नै संलग्न हुने गरेको महानिरीक्षक सुवेदीले स्पष्ट पार्नुभएको छ ।

समुदायमा प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी र समुदायका व्यक्तिलाई अपराधका बारेमा जनचेतना दिनका लागि समन्वय र सहकार्य गर्दै जानुपर्नेमा प्रदेश प्रहरी प्रमुख सुवेदीले जोड दिनुभएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बाजुराको संयुक्त आयोजनामा गरिएको सरोकारवाला निकायसँगको अन्तक्र्रियामा सुवेदीले बलात्कार, हत्या, लैङ्गिक हिंसा र आत्महत्याका घटना सामाजिक सञ्जालको दुरुपयोका कारणले हुने गरेको जिकिर गर्नुभएको छ ।

बलात्कार, हत्यालगायत अपराध आफन्त र समुदायका चिनजानका व्यक्तिबाट हुने गरेको महानिरीक्षक सुवेदीले बताउनुभयो ।