अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अख्तियार प्रमुख राईद्वारा दोहोरो सुविधा नलिने घोषणा

अख्तियार प्रमुख राईद्वारा दोहोरो सुविधा नलिने घोषणा


काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले दोहोरो सुविधा नलिने घोषणा गर्नु भएको छ ।

निवृत्तभरण व्यवस्थापन कार्यालयलाई पत्र लेख्दै प्रमुख राईले दोहोरो सुविधा नलिने घोषणा गर्नु भएको हो । पत्रको बोधार्थ राईले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र राष्ट्रिय किताबखानालाई पठाउनु भएको छ ।

उहाँले २०७७ फागुनदेखि आयोगबाट पारिश्रमिक र सेवा सुविधा पाउँदासम्म निवृत्तभरण सुविधा नलिने घोषणा गर्नुभएको हो । राईको पत्रअनुसार निवृत्तभरण व्यवस्थापन कार्यालयले निवृत्तभरण रकम रोक्का गरिएको जनाएको छ।

गृहसचिवबाट अवकाशप्राप्त भएका राई २०७७ माघ २१ गते अख्तियार प्रमुखमा नियुक्त हुनु भएको हो ।