अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काभ्रेमा साविक एमालेको कार्यालय सञ्चालनमा

काभ्रेमा साविक एमालेको कार्यालय सञ्चालनमा


काभ्रे- काभ्रेमा पूर्वएमालेको पार्टी कार्यालय सञ्चालनमा ल्याइएको छ । आइतबार सर्वोच्च अदालतले सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएपछि एमालेको नाममा पार्टी कार्यालय सञ्चालनमा ल्याइएको हो ।

प्रधानमन्त्री समेत हरनुभएका नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षका जिल्ला अध्यक्ष अशोककुमार व्यान्जु श्रेष्ठ, जिल्ला कमिटीका सदस्य, युवा, विद्यार्थी नेता कार्यकर्ताको उपस्थितिमा साविक कार्यालय सञ्चालनमा ल्याइएको हो ।

आइतबारको सर्वोच्चको फैसलापछि पूर्वएमालेका नेताकार्यकर्ताले विभिन्न जिल्लामा रहेका नेकपा लेखिएको साइनबोर्ड पनि परिवर्तन गरेका छन् ।