अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

त्रिशूलीमा ट्रक खस्यो, दुई जनाको मृत्यु

त्रिशूलीमा ट्रक खस्यो, दुई जनाको मृत्यु


काठमाडौं- त्रिशूली नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । आज बिहान पौने १ बजे बेनिघाट रोराङ गाउँपालिका(१० तिङग्राङखानीस्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको हो ।

रूपन्देहीबाट काठमाडौं सिमेन्ट बोकेको ट्रक नदीमा खस्दा चालक काभ्रे बनेपा नगरपालिका नालाका ४५ वर्षीय विष्णु घिमिरे र सहचालक २८ वर्षीय सुमन सञ्जेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो ।

मृतक दुवैको शव पोस्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाइएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।