अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले र माओवादीलाई आयोगले भन्यो- पार्टी एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिनू

एमाले र माओवादीलाई आयोगले भन्यो- पार्टी एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिनू


काठमाडौं- निर्वाचन आयोगले पूर्ववत अवस्थामै फर्किएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिन आह्वान गर्ने भएको छ ।

आज बसेको आयोगको बैठकले सर्वोच्च अदालतको फैसलाले नेपाल कम्युनिस्ट पार्टी (ने क पा) खारेज भएकाले एकीकरण गर्ने भए फेरि निवेदन दिन आह्वान गर्ने भएको हो ।

साथै, आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७३ र राजनीतिक दलसम्बन्धी नियमावदी २०७४ विपरीत नहुने गरी दुवै दलले आ-आफ्नो केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गर्नुपर्ने पनि बताएको छ ।

त्यस्तै केन्द्रीय समितिको निर्णयसहित नयाँ दलको रुपमा एकीकरण गर्ने भएमा एकीकरणपछि बन्ने नयाँ दलको नाम र चिन्हसमेत प्रस्ताव गरी १५ दिनभित्र आयोगमा निवेदन दिनका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई जानकारी दिने पनि आयोगले जनाएको छ ।

आइतबार सर्वोच्च अदालतले ऋषिराम कट्टेलको नेपाल कम्युनिस्ट पार्टीलाई आधिकारिकता दिएपछि नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्किएका छन् ।