अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राप्रपा महाधिवेशनका लागि मूल आयोजक समिति गठन

राप्रपा महाधिवेशनका लागि मूल आयोजक समिति गठन


काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ०७८ वैशाख तेस्रो साता काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनका लागि मूल आयोजक समिति गठन गरेको छ ।

राप्रपाले मंगलबार पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरेको हो ।

नेता मोहन श्रेष्ठका अनुसार मूल आयोजक समितिमा सचिवालयका दुई प्रमुखहरू सदस्यसचिव, दुई कोषाध्यक्ष र कार्यसम्पादन समितिका सबै सदस्यहरू सदस्य छन् । राप्रपाले २५-२८ वैशाख २०७८ मा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।