अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्वास्थ्यअवस्था अवस्था बिग्रिएपछि जोशी पुनः भेन्टिलेटरमा

स्वास्थ्यअवस्था अवस्था बिग्रिएपछि जोशी पुनः भेन्टिलेटरमा


काठमाडौं- मष्तिष्कघात भई नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई पुनः भेन्टिलेटरमा राखिएको छ ।

गत फागुन १४ गतेदेखि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भएपछि भेन्टिलेटरबाट निकालिएको थियो ।

अस्पतालले आज एक विज्ञप्ति जारी गर्दै जोशीको स्वास्थ्य अवस्थामा अचानक समस्या आएपछि पुनः भेन्टिलेटरमा राखेर उपचार गरिएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘शनिबार बिहानदेखि श्वासप्रश्वास र मुटुको चालमा गडबडी भएपछि अस्पतालले पुनः भेन्टिलेटरमा राखेर उपचार जारी राखेको छ । भेन्टिलेटरको सहयोगबाट उहाँको रक्तचाप सामान्य छ भने प्रतिमिनेट उहाँ आफैँले ८-१० पटक श्वास फेरिरहनु भएको छ ।’
‘‘आँखाका नानीहरुको प्रतिक्रिया पनि सामान्य नै छ, तर उहाँ अझै कोमामै हुनुहुन्छ’’ उपचारमा संलग्न वरिष्ठ न्यूरो सर्जन डा राजीव झाले भन्नुभयो । मस्तिष्कघात हुँदा रक्तस्राव भई उहाँको टाउकामा रगत जमेको थियो । यस्ता बिरामीमा उपचारको क्रममा पुनः समस्या आउनु स्वभाविक परिणाम रहेको उहाँको भनाइ छ ।

आज दिउँसो ३ बजेसम्म उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको भन्दै जोखिमपूर्ण अवस्था रहेको अस्पतालले जनाएको छ । गत सोमबार बिहानबाट आफैँले श्वास फेर्न थालेपछि जोशीलाई अस्पतालले भेन्टिलेटरबाट निकालेको थियो ।