अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भागरथीका हत्याका अभियुक्त दिनेशलाई बाल सुधारगृह पठाइयो

भागरथीका हत्याका अभियुक्त दिनेशलाई बाल सुधारगृह पठाइयो


बैतडी- बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका दिनेश भट्टलाई बाल सुधारगृहमा पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएको हो ।

जिल्ला अदालत बैतडीका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले १८ वर्ष नपुगेका कारण किशोरलाई बाल सुधारगृहमा राख्न आदेश दिएको हो । दोगडाकेदार गाउँपालिका–७ कतोलाकी भट्टको हत्याको अभियुक्त उनलाई आदेशपछि पुर्पक्षका लागि बाल सुधारगृहमा पठाइएको छ।

विद्यालयबाट घर फर्कने क्रममा गत माघ २१ गते भट्टको हत्या बलात्कारपछि हत्या भएको थियो । बेपत्ता भएकी भट्टको माघ २२ गते घर नजिकैको जंगलमा शव फेला परेको थियो ।

सोही अभियोगमा फागुन ४ गते पक्राउ परेका दिनेशले आरोप स्विकारेका छन् ।