अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी केन्द्रले समर्थन फिर्ता गर्ने आँट गर्न सकेन

माओवादी केन्द्रले समर्थन फिर्ता गर्ने आँट गर्न सकेन


काठमाडौं– नेकपा माओवादी केन्द्रले केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता गर्ने आँट गर्न सकेन ।

पार्टी पुनर्स्थापनापछि दोस्रोपटक बुधबार बिहान बसेको स्थायी कमिटी बैठकले पनि समर्थन फिर्ताको निर्णय गर्न नसकेको हो । पत्रकारले पटक पटक किन फिर्ता लिन नसक्नुभएको भन्दै नेता नारायणकाजी श्रेष्ठलाई सोध्दा उनको जवाफ थियो– ‘समय आएपछि गर्छौं, छलफल भइरहेको छ ।’

बैठकमा अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग भएको वार्ताबारे जानकारी गराउनुभएको थियो ।

माओवादी केन्द्रले अबको संगठन निर्माणको योजना बनाउन चार सदस्यीय कार्यदल गठन गरेको छ । जसमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, पम्फा भूसाल र जनार्दन शर्मा छन् । माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक चैत १ गते र प्रशिक्षणात्मक भेला २ गते बोलाएको छ ।