अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सन्दीपको टिमलाई हराउँदै पुलिस मेयर्स कपको फाइनलमा

सन्दीपको टिमलाई हराउँदै पुलिस मेयर्स कपको फाइनलमा


काठमाडौं- काठमाडौंमा जारी मेयर्स कप एकदिवसीय क्रिकेट प्रतियोगितामा मेयर्स-११ लाई हराउँदै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । आज मेयर्स-११ लाई १ सय ३ रनले हराउँदै पुलिस प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

पुलिसले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको मेयर्स-११ ले ३१.२ ओभरमा सबै विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो ।

उसका लागि कप्तान सन्दीप लामिछानेले २६, कृष्ण कार्कीले १९ र सिद्धान्त लोहनीले १८ रन बनाउनुभयो । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सक्नु भएन ।

बलिङमा पवन सराफले चार, दीपेन्द्रसिंह ऐरीले तीन, ललित राजवंशीले दुई र सागर ढकालले एक विकेट लिनुभयो ।

त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको पुलिस ४७.४ ओभरमा अलआउट भयो ।

उसका लागि योगेन्द्रसिंह कार्कीले ४०, कुशल भुर्तेलले ३४, पवन सराफले २८, दीपेन्द्रसिंह ऐरीले २४, सुनिल धमलाले २२ र दिलिप नाथले १२ रन बनाउनुभयो । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा कप्तान सन्दीप लामिछाने, बिपिन खत्री र हरिशंकर साहले समान तीन विकेट लिनुभयो । त्यस्तै, अनिल खरेलले एक विकेट हात पार्नुभयो ।