अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस नेता जोशीको अवस्था बुझ्न अस्पताल पुग्नुभयो देउवा

कांग्रेस नेता जोशीको अवस्था बुझ्न अस्पताल पुग्नुभयो देउवा


काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मष्तिष्कघात भएर उपचाररत पूर्वमन्त्री तथा कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था बुझ्नुभएको छ ।

स्वास्थ्य अवस्था थप बिग्रिएको खबर आएसँगै देउवाले बुधबार नर्भिक अस्पताल पुगेर जोशीको स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिनुभएको हो ।

देउवाले जोशीको उपचारमा संलग्न स्वास्थ्यकर्मीसँग पछिल्लो अवस्था र उपचारको विषयमा जानकारी लिनुभएको अस्पतालले जनाएको छ । देउवाले अस्पतालमै रहेका जोशीकी पत्नी र परिवारजनसँग पनि भेट गर्नुभएको छ ।

फागुन १४ गते मष्तिष्कघात भएपछि जोशी नर्भिक अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँ अहिले पनि भेन्टिलेटरको सपोर्टमा उपचाररत हुनुहुन्छ ।