अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दैलेखमा माइक्रोबस दुर्घटना : दुईको मृत्यु, ९ जना घाइते

दैलेखमा माइक्रोबस दुर्घटना : दुईको मृत्यु, ९ जना घाइते


दैलेख- कालीकोटबाट सुर्खेतका लागि छुटेको माइक्रोबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

कर्णाली प्रदेश ०२०० ख ०२४७ नम्बरको माइक्रोबस दैलेखको आठबीस नगरपालिका-१ को सेलाघाट भन्ने ठाउँमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा कालीकोट शुभकालिका गाउँपालिका-२ का ३७ वर्षीय जितेन्द्र शाही र नरहरिनाथ गाउँपालिकाका २१ वर्षीय कमल विकको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी वरिष्ठ उपरीक्षक अर्जुन चन्द्रले जानकारी दिनुभयो । उहाँका अनुसार शाहीको घटनास्थलमै र विकको उपचारका क्रममा पादुका मेडिकल हलमा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका अन्य नौ जनालाई उपचारका लागि सुर्खेत पठाइएको छ । प्रहरीका अनुसार बसमा १७ जना यात्रु रहेका थिए ।