अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वडाध्यक्षको विक्रम यादवको निधन

वडाध्यक्षको विक्रम यादवको निधन


बारा- कलैया उपमहानगरपालिका-८ का वडाध्यक्ष विक्रम यादवको निधन भएको छ । उहाँको उपचारका क्रममा बिहीबार बिहन काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो ।

पाँच महिनाअघि लिभरमा समस्या देखिएपछि वडाध्यक्ष यादव उपचार गराइरहनु भएको थियो । स्वास्थ्यमा थप समस्या आएपछि एक सातादेखि उहाँ शिक्षण अस्पतालमा भर्ना हुनुभएको थियो ।

चिकित्सकको सल्लाहअनुसार शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको र उपचारको क्रममा वडाध्यक्ष यादवको निधन भएको कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवले जानकारी दिनुभयो ।

यादव स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित हुनु भएको थियो ।