अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘मधेस सुनको टुुक्रा हो’

‘मधेस सुनको टुुक्रा हो’


रौतहट- उपप्रधानमन्त्री ईश्वर पोख्रेलले मधेशलाई सुनको टुुक्रा रहेको बताउनुुभएको छ । रौतहटको मौलापुरस्थित पुुरातात्विक महादेव मंदिरमा आयोजित मधानी महायज्ञको उद्घाटन समारोहलाई सम्वोधन गर्नुहुँदै उहाँले उक्त कुरो बताउनुुभएको हो ।

‘हिमाल, पहाड र तराई तीन भागमा नेपालको सौन्दर्यता रहेको छ,’ उहाँले भन्नुभयो, ‘हिमाल र पहाडको आफ्नै महत्व छ तर मधेशको सुनको टुुक्रा हो ।’ उहाँले मधेश आफैँमा अन्नको भण्डार रहेकाले पनि नेपालको लागि अत्यन्त महत्वपूर्ण भाग रहेको बताउनुभयो ।

उहाँले कोभिडको कारण लामो समयदेखि भारतीय सिमाना बन्द रहेकाले गाडी नचल्दा सबभन्दा बढी मधेशको मानिसलाई गाह्रो भएको बताउनुुहुँदै अबको केही समय भित्रै यातायात सञ्चालन हुने प्रतिवद्धता जनाउनुभयो ।