अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले–जसपा सहमति नजिक, निर्णायक वार्ता बालुवाटारमा

एमाले–जसपा सहमति नजिक, निर्णायक वार्ता बालुवाटारमा


काठमाडौं– सत्तारुढ नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीचको वार्ता सहमति नजिक पुगेको छ ।

बिहीबार साँझ प्रधानमन्त्रीसहितको वार्ता सकारात्मक भएपछि दुवैपक्षका नेताहरु अनौपचारिक छलफल गरिरहनुभएको छ । वार्तामा सहभागी दुवै पक्षका नेताहरुले सम्भवतः शुक्रबार साँझ प्रधानमन्त्रीसहित निर्णायक वार्ता सहमतिमा पुग्ने छ । प्रधानमन्त्रीसँगको छलफलअघि कार्यदलस्तरमा वार्ता हुँदैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे कार्यदलस्तरमा वार्ता हुने एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो । ‘वार्ता सहमतितिर उन्मुख छ,’ नेपाली बहस डट कमसँग उहाँले भन्नुभयो ।

जसपा वार्ता टोलीका सदस्यसमेत रहनुभएका नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाले राखेका मागहरुमा सरकार सकारात्मक भएको बताउनुभएको छ ।

बिहीबार प्रधानमन्त्री ओलीले जसपाका शीर्ष नेताहरुसँग छलफल गर्नुभएको थियो ।

जसपाले निलम्वित सांसद टीकापुर घटनामा दोषी ठहर रेशम चौधरीको मुद्दा फिर्ता र रिहाइ तथा मधेस आन्दोलनका मुद्दा फिर्ता, संविधान संशोधन लगायतका सर्त राख्दै आएको छ । आफ्ना माग सम्बोधनका लागि जसपाले कर्ण र सर्वेन्द्रनाथ शुक्ल सदस्य रहेको कार्यदल गठन गरेको छ । सरकारको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराई कार्यदलमा हुनुहुन्छ ।