अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्रोत नखुलेको ४२ लाखसहित भक्तपुरबाट एक जना पक्राउ

स्रोत नखुलेको ४२ लाखसहित भक्तपुरबाट एक जना पक्राउ


भक्तपुर- स्रोत नखुलेको ४२ लाख रुपैयाँसहित भक्तपुरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा घर भए पनि हाल सूर्यविनायक नगरपालिका-३ बालकोट रोज भिलेज बस्ने सुमन घिमिरे रहेका छन् ।

उनलाई महानगरीय प्रहरी वृत्त थिमिको टोलीले मध्यपुरथिमि-३ कौशल्टारस्थित अरनिको राजमार्ग सडकमा जाँचको क्रममा बिहीबार पक्राउ गरेको हो ।

जाँचका क्रममा गाडीमा आइरहेका घिमिरेको साथबाट २७ लाख रुपैयाँ बरामद भएको महानगरीय प्रहरी वृत्त थिमिले जनाएको छ ।

प्रहरीका अनुसार घिमिरेको कोठा खानतलासी गर्दा थप १५ लाख रुपैयाँसमेत बरामद भएको छ ।

प्रहरीले उक्त रकमको स्रोत खोज्दा बताउन नसकेपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । प्रारम्भिक अनुसन्धानको क्रममा घिमिरेले उक्त रकम जुवातास खेलेर जितेको हुनसक्ने बताएको छ ।