अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युरेनियमसहित बौद्धबाट चार जना पक्राउ

युरेनियमसहित बौद्धबाट चार जना पक्राउ


काठमाडौं- काठमाडौं महानगरपालिका टुसाल-६ बौद्धबाट दुई किलो ५ सय ग्राम युरेनियमसहित चार जना पक्राउ परेका छन् । बिहीबार पक्राउ परेका उनीहरूलाई महानगरीय प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

निषेधित पदार्थ यूरेनियमसहित रामेछाप लिखु तामाकोशी-५ का नारायणसिंह तामाङ र जानुका तामाङ, रामेछाप बागजोर नगरपालिका–४ का प्रकाश चौहान र सिन्धुपाल्चोक सुनकोशी-४ का मनोज न्यौपानेलाई सार्वजनिक गरी आजै महानगरीय प्रहरी परिसरको हिरासतमा पठाइएको छ ।

अभियुक्तहरूउपर थप अनुसन्धान एवं कारबाही उक्त परिसरले गर्ने महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।