अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनेमसंघ भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री

अनेमसंघ भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री


काठमाडौं– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अखिल नेपाल महिला संघ (अनेमसंघ)को राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्नुहुने भएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने भेलालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।

भेलामा प्रधानमन्त्रीले पार्टीले शुक्रबार गरेका निर्णयबारे जानकारी गराउने सम्भावना छ ।

बिहान ११ बजे सुरु हुने भेलामा अनेमसंघका केन्द्रीय सदस्य, प्रदेश तथा जिल्ला कमिटी सदस्यहरु, पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधि महिलाहरुको सहभागिता रहने अनेमसंघले जनाएको छ ।