अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एपीएफलाई हराउँदै पुलिसले जित्यो मेयर्स कपको उपाधि

एपीएफलाई हराउँदै पुलिसले जित्यो मेयर्स कपको उपाधि


काठमाडौं- काठमाडौं मेयर्स कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शुक्रबार भएको फाइनलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ८ विकेटले हराउँदै पुलिसले उपाधि जितेको हो ।

उपाधिसँगै पुलिसले ट्रफी र नगद ५ लाख रुपैयाँ पाएको छ । त्यस्तै, उपविजेता एपीएफले ३ लाखमा चित्त बुझाएको छ ।

फाइनलमा एपीएफले दिएको १ सय ६ रनको सामान्य लक्ष्य पुलिसले २४.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि सुनिल धमलालले अर्धशतकीय पारी खेल्नुभयो । उहाँले ८२ बलमा ७ चौका र २ छक्कासहित अविजित ५९ रन बनाउनुभयो ।

त्यस्तै, अनिल साह, कुशल भुर्तेलले १५/१५ र दीपेन्द्रसिंह ऐरीले नटआउट ११ रनको योगदान दिनुभयो । बलिङमा अविनाश बोहरा र भुवन कार्कीले एक/एक विकेट हात पार्नुभयो ।

त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको एपीएफ २९.४ ओभरमै अलआउट भएको हो ।

उसका लागि बसन्त रेग्मीले २२, सन्दीप जोरा, अमरसिंह रौटेलाले १८/१८, भुवन कार्कीले १४ र अविनाश बोहराले १२ रन बनाउनुभयो । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सक्नु भएन ।

बलिङमा गुल्शन झा र सागर ढकालले उत्कृष्ट प्रदर्शन गर्नुभयो । गुल्शनले ७ ओभरमा ३६ रन दिएर ४ विकेट लिनुभयो ।

त्यस्तै, सागरले ७.४ ओभरमा २८ रन खर्चेर ४ विकेट हात पार्नुभयो । ललित राजवंशी र पवन सराफले एक/एक विकेट लिनुभयो ।