अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘प्रचण्ड, नेपाल र देउवाले महिला हिंसाका दोषीलाई दण्डित गर्ने कानुन ल्याउन रोक्नुभयो’

‘प्रचण्ड, नेपाल र देउवाले महिला हिंसाका दोषीलाई दण्डित गर्ने कानुन ल्याउन रोक्नुभयो’


काठमाडौं- उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल, माधवकुमार नेपाल र शेरबहादुर देउवाले महिला हिंसाका दोषीलाई दण्डित गर्न ल्याएको अध्यादेश प्रतिनिधिसभामा टेबुल गर्न नदिएको आरोप लगाउनुभएको छ ।

अखिल नेपाल महिला संघले शनिबार काठमाडौंमा गरेको महिला अगुवाहरूको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले यस्तो बताउनुभएको हो । उहाँले महिला अधिकारको कुरा गर्ने ,कम्युनिष्ट हुँ भन्ने, प्रजातन्त्र र लोकतन्त्रको दुहाई दिनेहरू महिला अधिकार विरुद्धमा उत्रिएको दाबी गर्नुभयो ।

उपप्रधानमन्त्री पोखरेलले महिला हिंसा र बलात्कारको विरुद्धमा अपराधीहरूलाई दण्डित गर्न तथा एसिड आक्रमणका दोषीलाई कारबाही गर्न सरकारले ल्याएको अध्यादेश प्रतिनिधिसभामा पेश गर्न नदिनेलाई घृणापूर्वक अस्वीकार गर्न आग्रह गर्नुभयो ।

मुलुकमा राजनीतिक अस्थिरता निम्त्याउनका लागि अनेकन खेलहरू भइरहेको भन्दै त्यस विरुद्ध खबरदारी गर्न पनि उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले महिला हिंसाका दोषीलाई कारबाही गर्न ल्याएको अध्यादेश पेश गर्न नदिएको दाबी गरे पनि फागुन २३ गतेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसले संवैधानिक परिषद्को काम कर्तव्य र अधिकार सम्बन्धी अध्यादेश संविधानको व्यवस्था विपरित ल्याएको भन्दै विरोध गरेको थियो ।