अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कटुवा पेस्तोलसहित रूपन्देहीबाट तीन जना पक्राउ

कटुवा पेस्तोलसहित रूपन्देहीबाट तीन जना पक्राउ


भैरहवा- रूपन्देहीमा एक थान कटुवा पेस्तोलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार जिल्लाको मर्चवारी गाउँपालिका–७ कञ्चनपुरस्थित प्रहरी चौकी पिप्रहवाबाट प्रहरी सहायक निरीक्षक कमलप्रसाद आचार्यको कमाण्डमा तीन जना र सशस्त्र प्रहरी बीओपी पुर्नीकोटबाट दुई जना सशस्त्र प्रहरी जवानको संयुक्त टोलीले गोली नभएको पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका–७ बेतकुईयाका २४ वर्षीय सुरज हरिजन, सोही स्थानका २३ वर्षीय तौलन हरिजन र सम्मरीमाई–७ का २६ वर्षीय सकिल मुसलमान रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्य नारायण थापाले बताउनुभयो ।

युपी ५५ एन ४९४८ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई शंका लागेपछि खानतलासी गर्दा उनीहरुको साथबाट एक थान पेस्तोल फेला परेकोले उक्त हतियारसहित तीनै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको डीएसपी थापाले जानकारी दिनुभयो ।