अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

६ सातायता विदेशमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या शून्य

६ सातायता विदेशमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या शून्य


काठमाडौं- कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमणबाट मृत्यु हुने सङ्ख्या शून्यमा झरेको छ । पछिल्लो ६ सातायता पहिलो पटक विदेशमा सङ्क्रमणका कारण हुने मृत्यु शून्य भएको हो ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार गत वर्षदेखि विश्वव्यापीरुपमा फैलियो कोरोना भाइरस सङ्क्रमणका कारण गत सातासम्ममा २१ देशमा रहेका ३४१ नेपालीको मृत्यु भएको थियो ।

गैरआवासीय नेपाली सङ्घ, स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यस साता कोरोना सङ्क्रमण दरमा समेत उल्लेख्यरुपमा कमी आएको छ । यस साता स्वीडेन, स्पेन, केन्या, युएइमा रहेका थप नेपालीमा थप कोरोना सङ्क्रमण देखिएको छ ।

उहाँका अनुसार हालसम्म ५३ देशमा ६३ हजार ३०७ नेपालीमा कोरोना पुष्टि भएको छ । तीमध्ये ६१ हजार २३७ सङ्क्रमण मुक्त भएका छन् ।

कोरोनाका कारण नेपालमा तीन हजार १४ जनाको निधन भएको छ । नेपालमा कोरोनाबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ७५ हजार १७८ जना भने दुई लाख ७१ हजार २४९ कोरोनाबाट मुक्त भएका छन् ।