अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंको जडिबुटीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौंको जडिबुटीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु


काठमाडौं- जडिबुटीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा भक्तपुर लोकन्थली बस्ने ६५ वर्षीया गणेशमाया तिमल्सिना र मोटरसाइकल चालक काठमाडौं मूलपानी नयाँबस्ती बस्ने २८ वर्षीय रामकुमार श्रेष्ठको मृत्यु भएको हो ।

बा ९२ प १४३ नम्बरको मोटरसाइकलले पैदलयात्री गणेशमायालाई ठक्कर दिँदा गम्भीर घाइते भएका उहाँहरूको केएमसी अस्पताल सिंनामगलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार काठमाडौंको मूलपानी नयाँबस्ती बस्ने ४६ वर्षीय कुलबहादुर श्रेष्ठको उपचार भइरहेको छ ।