अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुइटेलले पाएको सम्मानको रकम सोलु एफएमलाई सहयोग

लुइटेलले पाएको सम्मानको रकम सोलु एफएमलाई सहयोग


विराटनगर- पत्रकार महासंघ प्रदेश १ समितिका अध्यक्ष विक्रम लुइटेलले पाएको नगदसहितको सम्मानको रकम सोलुखुम्बुको सोलु एफएमलाई सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

दुखको साथी नेपाल नामक सस्थाले दिएको ११ हजार रुपैयाँ राशिको सम्मान रकम लुइटेलले आगालागीमा परी नष्ट भएको प्रदेश १ कै पहिलो सामुदायिक एफएम सोलु एफएम पुननिर्माणको लागि सहयोग गरेका हुन् ।

शनिबार विराटनगरमा पहिलो वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा दुःखको साथी नेपालले ५ जना पत्रकारलाई सम्मान गरेको थियो ।

यस्तै, संस्थाले क्यान्सर रोगको कारण बिरामी रहेका विराटनगरका पत्रकार कमल पौडेलको उपचारको लागि २५ हजार रुपैयाँ सहयोगसमेत गरेको संस्थाकी अध्यक्ष जया पोखरेलले बताउनुभयो ।

सम्मानितलाई पूर्वमन्त्री तथा एमाले नेता लालबाबु पण्डितले नगदसहित सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो । गत वर्ष स्थापना भएको सो संस्थाले कोरोना महामारीको बेला २ हजार जनाभन्दा बढीलाई खाद्यान्न सहयोग गरेको थियो । संस्थाले बिरामी तथा असाहयको सेवा गर्दै आइरहेको छ ।