अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानसेनापति थापा र पाकिस्तानी राजदूतबीच भेटवार्ता

प्रधानसेनापति थापा र पाकिस्तानी राजदूतबीच भेटवार्ता


काठमाडौं- प्रधानसेनापति पूर्णचन्द्र थापा र पाकिस्तानका नवनियुक्त राजदूत सयैद हैदर साहबीच भेटवार्ता भएको छ । नेपाली सेनाका अनुसार थापा र साहबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको हो ।

प्रधानसेनापति थापाको कार्यकक्षमा भएको सो भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको जनाएको छ ।