अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकी प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा गुरुङ नियुक्त

गण्डकी प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा गुरुङ नियुक्त


पोखरा- गण्डकी प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा कास्कीका तेजबहादुर गुरुङलाई नियुक्त गरिएको छ । गुरुङलाई प्रदेश मन्त्रिपरिषद्को बैठकले सदस्य सचिवमा नियुक्तिको निर्णय गरेको हो ।

सदस्य सचिवको कार्यकाल चार वर्षको हुनेछ । प्रदेश सरकारले सदस्य सचिव छनोटका लागि खुला दर्खास्त आह्वान गरेको थियो ।

सामाजिक विकासमन्त्री नरदेवी पुनमगरको संयोजकत्वमा गठित तीन सदस्यीय सिफारिस समितिले सदस्य सचिव नियुक्तिका लागि गुरुङको नाम मन्त्रिपरिषद्‌मा पेश गरेकामा सो प्रस्तावलाई अनुमोदन गरेको हो ।