अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुख्यमन्त्री राई हेलिकोप्टर चढेर ससुराली होइन नेकपाको कार्यक्रममा जानु भएको हो : गौतम

मुख्यमन्त्री राई हेलिकोप्टर चढेर ससुराली होइन नेकपाको कार्यक्रममा जानु भएको हो : गौतम


विराटनगर- प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई हेलिकोप्टर चढेर ससुराली गएको भनेर केही सञ्चारमाध्यममा आएको समाचार गलत भएको संखुवासभाका संघीय सांसद एवं नेकपा एमालेका केन्द्रीय सदस्य राजेन्द्र गौतमले बताउनुभएको छ ।

मुख्यमन्त्री राईसँगै मकालु पुग्नुभएका एमाले केन्द्रीय सदस्य गाैतमका अनुसार फागुन १३ गते मकालु गाउँपालिका-२ सेदुवा बजारमा आयोजना भएको कार्यक्रममा सहभागी हुन जानु भएको हो । गौतमका अनुसार विहान गएर सोही दिन साँझ उहाँहरू काठमाडौं फर्कनु भएको हो ।

‘यतिबेला हाम्रो नेतृत्व र हामीलाई अनेक ढंगले हमला गर्ने प्रयास भएका छन्,’ गौतमले नेपालीबहस डट कमसँग भन्नुभयो, ‘त्यसकै एउटा रूप हो यो । मुख्यमन्त्री ससुराली होइन नेकपाको कार्यक्रममा जानुभएको हो । मुख्यमन्त्री ज्यूकी धर्मपत्नीसँगै जानुभएकोले गाउँमा खिचेका तस्बिरहरू सामाजिक सञ्जालमा हाल्नुभएको हो । ’

मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले एक विज्ञप्ति जारी गर्दै संखुवासभा जिल्लामा तत्कालिन नेकपाको गाउँ कमिटीले आयोजना गरेको बृहत जनसभा र गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा पनि सहभागी हुनुभएको थियो ।

सो हेलिकोप्टरको खर्च राज्यकोषबाट नगरी व्यक्तिगत तबरबाट भएको सुवेदीले जानकारी दिनुभयो ।