काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचनमा महिला उपसभापतितर्फ सोविता गौतम विजयी भएकी छन्।
कडा प्रतिस्पर्धामा सोविताले ७८९ मत प्राप्त गर्दै डा. तोसिमा कार्कीलाई पराजित गरिन्। तोसिमाले ५७२ मत प्राप्त गरिन्।
महामन्त्री पदमा विपिनकुमार आचार्य ६७३ मतसहित विजयी भए। उनका निकटतम प्रतिस्पर्धी मनिष झाले ३४६ मत प्राप्त गरे। यसै पदका उम्मेदवार गणेश कार्कीले १६९ र सागर ढकालले १३९ मत पाए। उम्मेदवारी फिर्ता लिने घोषणा गरेकी रञ्जु दर्शनाले समेत ३४ मत प्राप्त गरिन्।
सहमहामन्त्रीतर्फ महिलामा निशा डाँगीले सबैभन्दा बढी मत प्राप्त गर्दै अग्रस्थान हासिल गरिन् भने पुरुषतर्फ असिम शाह सर्वाधिक मतसहित विजयी बने।
सहमहामन्त्री पदका उम्मेदवार हिमेश पन्तले सबैभन्दा कम ५३ मत प्राप्त गरेका छन्। उनले विद्युतीय मतदान तथा प्रवासतर्फको मतदानबाट उक्त मत पाएका हुन्।
रास्वपाको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी रहेकाले अन्य पदहरूको अन्तिम परिणाम क्रमशः सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ।
हेर्नुस सबै उम्मेदवारहरुले ल्याएको मत
उपसभापति
सोविता गौतम ७८९
डा. तोसिमा कार्की ५७२
महामन्त्री
विपिनकुमार आचार्य ६७३
मनिष झा ३४६
गणेश कार्की १६९
सागर ढकाल १३९
रञ्जु दर्शना ३४
सहमहामन्त्री
असिम साह ४७१
हरि ढकाल ४१०
पुकार बम ३३४
रमेश प्रसाईं ३०७
यज्ञमणी न्यौपाने ३००
सुलभ खरेल २९१
अशोक कुमार चौधरी १७९
मिलन लिम्बु १५१
राजीव खत्री १४८
वीरेन्द्र जैरु ११४
हिमेश पन्त ५३
सहमहामन्त्री (महिला)
निशा डाँगी ७३७
रिमा विश्वकर्मा २८२
कामिनी कुमारी चौधरी १४६
विदुषी राणा ८२
जुली यादव ७८






प्रतिक्रिया