अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपत्यकामा ५३ सहित आज ९४ जनामा कोरोना संक्रमण

उपत्यकामा ५३ सहित आज ९४ जनामा कोरोना संक्रमण


काठमाडौं- देशभर आज ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७५ हजार ५१८ पुगेको छ ।

यस्तै, आज ५५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको भएकाको संख्या २ लाख ७१ हजार ५५० पुगेको छ । मन्त्रालयले हाल ९५४ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।

यस्तै, पछिल्लो चौबीस घण्टामा काठमाडौं उपत्यकामा ५३ जना सङ्क्रमित छन् । भक्तपुरमा ११, ललितपुमा १३ र काठमाडौं जिल्लामा २९ सहित ५३ थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो २४ घण्टामा २ हजार ७८१ आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ ।