अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले प्रदेश १ संसदीय बोर्ड गठन, को-को छन् सदस्य ?

एमाले प्रदेश १ संसदीय बोर्ड गठन, को-को छन् सदस्य ?


विराटनगर- नेकपा एमालेले प्रदेश-१ मा संसदीय बोर्ड गठन गरेको छ । दलका नेता तथा मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बुधबार बसेको बैठकले १५ सदस्य रहेको बोर्ड गठन गरेको हो ।

माधवकुमार नेपाल पक्षका सांसद यशोदा अधिकारी, तुलसी न्यौपाने र लिलाबल्लभ अधिकारीलाई पनि बोर्डको सदस्यमा राखिएको छ ।

अन्य सदस्यहरू उपनेता प्रमुख सचेतक, जसमाया गजमेर,आशारत्न जवेगु, विमल कार्की, काजीमान कागते, बिर्खबहादुर प्रधान, ज्ञानेन्द्र राजवंशी अम्बिका थापा र लिलमलाई सदस्यमा राखिएको छ ।

नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका टंक आङबोहाङ पनि उपस्थित बैठकमा सहभागी हुनु भएको थियो ।