अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बराबरीमा सकियो नेपाल र किर्गिस्तानबीचको खेल

बराबरीमा सकियो नेपाल र किर्गिस्तानबीचको खेल


काठमाडौं- त्रिदेशीय फुटबल प्रतियोगितअन्तर्गत नेपाल र किर्गिस्तानबीच भएको खेल बराबरीमा सकिएको छ । बिहीबार भएको खेल बराबरीसँगै दुवै टिमले एक–एक अंक बाँडेका छन् ।

दशरथ रङ्गशालामा भएको खेलमा नेपालले उत्कृष्ट मौका बनाउँदा पनि गोल भने गर्न सकेन । किर्गिस्तानको टोली दश खेलाडीमा सीमित भए पनि नेपालले मौकाको फाइदा उठाउन सकेन ।

खेलको ६६ औँ मिनेटमा किर्गिस्तानका कप्तान तासिभ कामोलिदिनले नेपाली खेलाडी अभिषेक रिजाललाई लडाएपछि रेफ्रीले दोहोरो पहेँलो कार्ड देखाउँदै उनलाई मैदानबाहिरको बाटो देखाएका थिए ।

अब आउँदो शनिबार नेपाल र बङ्गलादेशले खेल्नेछन्, त्यो खेलमा नेपालले बराबरी खेले पनि फाइनलमा पुग्नेछ । बङ्गलादेश भने यसअघिको खेलमा किर्गिस्तानलाई हराउँदै फाइनलमा पुगिसकेको छ ।