अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ब्यूँतियो अनेरास्ववियू (क्रान्तिकारी)

ब्यूँतियो अनेरास्ववियू (क्रान्तिकारी)


काठमाडौ-। सर्वोच्च अदालतले फागुन २३ गते एमाले र माओवादी केन्द्रलाई ब्यूताइदिएपछि नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) ब्यूँतिएको छ ।

बिहिबार केन्द्रीय कार्यालय बागबजारमा बसेको अनेरास्ववियू (क्रान्तिकारी) को पदाधिकारी बैठकले केन्द्रीय कमिटी ब्यूँताउने निर्णय गरेको हो ।

अनेरास्ववियू (क्रान्तिकारी ) ब्युँतिएपछि पुरानै पदाधिकारी टोली पनि पुनर्जीवित भएको छ । जस अनुसार अध्यक्षमा रञ्जित तामाङ, उपाध्यक्षमा सुरेन्द्र बस्नेत, दिपक देवकोटा, तिलकराज भण्डारी, विजय गौतम, पञ्चा सिंह, दिपेश पुन, इन्द्र भुषाल, रविकिरण यादव र महासचिवमा उत्तम अधिकारी हुनुहुन्छ ।

यस्तै उपमहासचिवमा जिपि मैनाली र तुकमान महरा, सचिवमा नरेश रेग्मी, पवन कार्की, मदन भट्टराई, सुर्यनारायण शाह, क्षितिज सापकोटा, नारायण खनाल, अम्मरराज शाही, राजकुमार लिम्बू, अच्युत भट्ट, गजेन्द्र देव, प्रविणा अधिकारी, मदन भुल र कोषाध्यक्षमा केशव रावल हुनुहुन्छ ।