काठमाडौं– कोरोना संक्रमणबाट नेकपा एमाले डोल्पाका जिल्ला अध्यक्ष दत्तबहादुर रोकायको निधन भएको छ ।
कोरोना संक्रमण भएपछि उपचारका लागि अस्पताल भर्ना हुनुभएका रोकायको काठमाडौंमा निधन भएको हो । उहाँको शुक्रबार नै अन्त्येष्टि गरिने कर्णाली प्रदेश सभा सदस्य बदमीक्वारी बोहराले जानकारी दिनुभयो ।
रोकायका एक छोरा, एक छोरी छन् ।
प्रतिक्रिया