अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रोकायाको निधनले डोल्पाले लोकप्रिय नेता गुमायो : प्रधानमन्त्री ओली

रोकायाको निधनले डोल्पाले लोकप्रिय नेता गुमायो : प्रधानमन्त्री ओली


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले डोल्पाका अध्यक्ष दत्तबहादुर रोकायाको निधनले आफूलाई दुखी बनाएको बताउनुभएको छ ।

रोकायाको निधनमा एक शोक वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले डोल्पामा एमाले निर्माणमा उहाँले गरेको योगदानको स्मरण गर्नुभएको छ । २०३६ सालदेखि मालेको राजनीतिमा सक्रिय रोकाया डोल्पाली कम्यूनिष्ट आन्दोलनका जनप्रिय र स्थापित नेता भएको स्मरण गर्नुभएको छ । ‘रोकायाको निधनले एमालेले एक इमान्दार नेता, डोल्पाका पार्टी कार्यकर्ताले असल अभिभावक र डोल्पाका जनताले एक लोकप्रिय नेतालाई गुमाउनु परेको छ,’ प्रधानमन्त्री ओलीले जारी गर्नुभएको शोक वक्तव्यमा भनिएको छ ।

प्रधानमन्त्रीले दिवंगत रोकायाप्रति श्रद्धान्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गर्नुभएको छ ।