अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल त्रिदेशीय कप फुटबलकाे फाइनलमा

नेपाल त्रिदेशीय कप फुटबलकाे फाइनलमा


काठमाडौं- नेपाल त्रिदेशीय कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको आफ्नो दोस्रो खेलमा बङ्गलादेशलाई गोलरहित बराबरीमा रोकेपछि नेपाल फाइनलमा प्रवेश गरेको हो । किर्गिस्तान भने प्रतियोगिताबाट बाहिरिएको छ ।

नेपालले सोमबार फाइनलमा बङ्गलादेशकै सामना गर्ने तय भएको छ । फाइनल खेल सोमबार दशरथ रङ्शालामा साँझ साढे पाँच बजेदेखि हुनेछ । प्रतियोगिताको विजेता टोली पाँच हजार अमेरिकी डलरबाट पुरस्कृत हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङशालामा नेपाल र बङगलादेशले ०-० खेलेको हो । नेपालले प्रतियोगितामा गोल नगर्दै र जित हात नपार्दै फाइनलसम्मको यात्रा तय गरेको यो बिरलै अबसर हो । यसअघि नेपालले पहिलो खेलमा किर्गिस्तानसँग पनि गोलरहित बराबरी खेलेको थियो । आफ्नो दुबै खेलमा अङ्क बाँडेको नेपालले दुई खेलबाट दुई अङ्क जोडेको छ ।

किर्गिस्तानसँग जितेर पूरा तीन अङ्क बटुलेको बङ्गलादेशले भने नेपालसँग बराबरी खेल्दै अङ्क बाँड्दै चार अङ्कसहित शीर्ष स्थानमा छ ।

पहिलो खेलमा हार र दोस्रोमा नेपालसँग बराबरी खेलेको किर्गिस्तानले एक अङ्कमा सिमित हुँदै थ्री नेशन्स कप प्रतियोगिताको पुछारमा रहन बाध्य भयो ।